माडीका शैक्षिक संस्थाहरुमा तीज विशेष साँस्कृतिक कार्यक्रमहरु सञ्चालित

260
SwadeshPost

तीजको सरगर्मी चढ्दै गर्दा माडीका शैक्षिक संस्थाहरुले समेत तीज विशेष कार्यक्रमहरु सञ्चालन गरेका छन् । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय र पिसल्याण्ड इङ्गलिस स्कुल, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालय लगायतका शैक्षिक संस्थाहरुमा तीज विशेष साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएको हो ।

यसैबिच, युग कवि मोतिराम भट्टको १५४ औं जन्म जयन्तीको अवसर पारी माडी क्याम्पसले उच्च माध्यमिक विद्यालय स्तरीय गजल वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा माडी क्याम्पसका छात्र मनिष थापा प्रथम, माडी मा.वि.की सृष्टि श्रेष्ठ दोश्रो र सोमेश्वर मा.वि.की अकृति महतो तथा माडी क्याम्पसका प्रवीण सुवेदीले तेश्रो स्थान हासिल गर्नुभएको थियो । कार्यक्रमकै सन्दर्भमा कक्षा ११ मा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको क्याम्पसले जनाएको छ ।

SwadeshPost