बैंकहरुको सर्भर ह्याक भएको आशंका, १६ वटा बैंकका एटीएम कार्ड चल्न बन्द

233
SwadeshPost

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ । सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् । शनिबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको हो । अपराध महाशाखा साइबर पिलरबाट यसबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले गएराती दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

SwadeshPost