पूर्वाधार विकास मन्त्रालयद्वारा माडीमा सडक कालोपत्रेका २ योजना स्वीकृत

206
SwadeshPost

प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी आर्थिक बर्षमा माडी नगरक्षेत्रमा सडक कालोपत्रेका लागि २ वटा योजनाहरु स्वीकृत गरेको छ । माडी नगरपालिका वडा नं. ८ को बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर मन्दिर पुग्ने बाटो र माडी-७ कीर्तनपुर मन्दिरदेखि राष्ट्रिय आधारभूत विद्यालय कीर्तनपुरसम्म पुग्ने बाटो कालोपत्रेका लागि प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले १/१ करोडका २ वटा योजनाहरु स्वीकृत गरेको हो ।

माडी नगरपालिका र जिल्ला समन्वय समिति चितवनको समन्वय तथा चितवन क्षेत्र नं. ३ ख का प्रादेशिक साँसद रामलाल महतोको पहलमा सो योजनाहरु स्वीकृत भएको जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणी महतोले स्वदेशलाई जानकारी दिनुभयो । प्रादेशिक मन्त्रालयलले चितवनका सम्पूर्ण पालिकाहरुका लागि कूल १८ वटा योजनाहरु अगाडि बढाएकोमा माडी नगरक्षेत्रका लागि २ वटा योजनाहरु परेका हुन् ।

स्वीकृत दुईवटै योजनाहरु मध्ये बैकुण्ठेश्वर सम्म पुग्ने बाटो कालोपत्रे गरिनु माडीको पर्यटन विकासमा पूर्वाधार निर्माणका दृष्टिकोणबाट महत्वपूर्ण छ भने दोश्रो कालोपत्रे परियोजना माडीको सघन बसोबास क्षेत्रसम्म यातायात सेवा विकासको पाटोबाट महत्वपूर्ण रहेको देखिन्छ ।

SwadeshPost