तीज कपमा उपाधीका लागि बाँदरझुलाको युनाइटेड र ठोरीको बनशक्ति भिँड्ने

548
SwadeshPost

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबल प्रतियोगितामा आइतबार बसन्तपुर युनाइटेड क्लब बिजयी भएको छ । बसन्तपुर युनाइटेडले ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई १-० ले पराजित गरेको हो । तर, खेल सकिएसंगै ज्ञानज्योतिले बसन्तपुर युनाइटेडका एक खेलाडीबिरुद्ध आयोजक समक्ष प्रोटेस्ट दर्ता गरेको छ ।

पहिलो खेल निर्धारित समयभन्दा ढीलो सुरुवात भएकाले आइतबारको दोश्रो खेल समयाभावका कारण पुरा हुन पाएन । दोश्रो खेलमा चिराैली युनाइटेड क्लब र आयोजक स्टार स्पोर्टस क्बल को बी टोली भिँडेकोमा साँझ पर्दासम्म १-० गोलअन्तरबाट आयोजक क्लब अगाडि रहेको हो । बाँकी रहेको १२ मिनेटको खेल भोलि सोमबार हुने आयोजकले जनाएको छ ।

उता बाँदरझुलामा जारी तीज कप फुटबल प्रतियोगितामा आइतबार युनाइटेड क्लब बाँदरझुला र बनशक्ति युवा क्लव ठोरी विजयी भएका छन् । युनाइटेड क्लब बाँदरझुलाले ३-१ गोलअन्तरबाट तमु व्याइज क्लव, रोजीनगर ठोरीलाई पराजित गरेको हो । त्यसैगरी बनशक्ति युवा क्लवले ३-० गोलअन्तरबाट ग्रीनल्याण्ड युवा क्लव, कृष्णनगरलाई पाखा लगाएको थियो । अब, भोलि सोमबार युनाइटेड क्लब बाँदरझुला र बनशक्ति युवा क्लव ठोरीले फाइनल खेलमा उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

SwadeshPost