रवि लामिछानेको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग

435
SwadeshPost

टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको फैसला त्रुटीपूर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल पुनरावेदनका लागि उच्च अदालत पाटनमा पुग्नुभएको थियो । उहाँहरुको निवेदनमा न्यायाधीश टेकराज नेपालको इजलाशले पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो ।

SwadeshPost