माडीको बगहीँ बसपार्कमा मानव बेचविखन बिरुद्धको सुचना केन्द्र उद्घाटन

210
SwadeshPost

मानव बेचविखन तथा ओसार पोसार बिरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारी माडीको बगहीँ बसपार्कमा सुचना तथा परामर्श केन्द्र उद्घाटन गरिएको छ ।

सडकमार्गबाट ललाई फकाई हुनसक्ने बेचबिखन र ओसारपोसार नियन्त्रणमा सघाउन नारायणगढ माडी ठोरी रुट अन्तरग माडीको अन्तिम बिन्दुमा सुचना तथा परामर्श केन्द्र स्थापना गरिएको थियो । आफन्त नेपाल संस्था र माडी नगरपालिकाको समन्यवय र साझेदारीमा स्थापना गरिएको सो केन्द्रको माडी नगर उपप्रमुख ताराकुमारी काजी महतोले उद्घाटन गर्नुभयो । सुचना तथा परामर्श केन्द्रले बेचबिखनको आशंका भएमा सोधपुछ तथा आवश्यक परामर्शको काम गर्ने उद्देश्य रहेको आफन्त नेपालकी चितवन प्रमुख केमिका घिमिरेले जनाउनुभयो ।

माडी नगर महिला समितिकी संयोजक कोपिला सिवाकोटीको अध्यक्षामा सम्पन्न सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षक शालिग्राम शर्मा पौडेल, माड्री नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदी, मञ्जुश्री असहाय संरक्षण केन्द्रकी मञ्जु खाँड, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, स्वदेशकर्मी अशोक परियार लगायतको सहभागिता रहेको थियो ।

SwadeshPost