अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा शिशु कल्याण प्रथम

341
SwadeshPost

नेपाल जुनियर रेडक्रस सर्कल, शिशु कल्याण आधारभूत विद्यालयले आयोजना गरेको अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा आयोजक सर्कलको टोली प्रथम भएको छ ।

त्यसैगरी दिव्य कालीका अंग्रेजी विद्यालय कल्याणपुर दोश्रो, जनकल्याण माध्यमिक विद्यालय तेश्रो र माडी माध्यमिक विद्यालयको टोलीले चौथो वा सान्त्वना स्थान हासिल गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ५७ औं स्थापना दिवसको अवसर पारी माडीको स्याउलीबासस्थित आधारभूत विद्यालयमा माडी स्तरीय गाउँखाने कथा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा माडीभरबाट १४ वटा आधारभूत तहका विद्यालयको जु.रे.स. टोलीको सहभागिता रहको थियो ।

आयोजक सर्कलकी सभापति सबिता सुनारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाका सभापति रामकृष्ण अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो ।

SwadeshPost