वीरेन्द्र बजार गोल्ड कपको उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब बिजयी

284
SwadeshPost

धनुषामा जारी २ नम्बर प्रदेशको प्रतिष्ठित वीरेन्द्र बजार गोल्ड कपको उद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब, बिजयी भएको छ । गोल्डकप अन्तरगत आज साँझपख सम्पन्न खेलमा बसन्तपुर युनाइटेडले मोरङको चर्चित उर्लाबारी फुटबल क्लवलाई २-० ले पराजित गरेको हो ।

बसन्तपुरका लागि रितेश क्षेत्री र सुरज लामिछानेले १/१ गोल गर्नुभएको हो । खेलको म्यान अफ द म्याच बसन्तपुर युनाइटेडका सुरज लामिछाने घोषित हुनुभयो । जीतसंगै बसन्तपुर युनाइटेड सेमीफाइनल प्रवेश गरेको छ । देशका विभिन्न फुटबल क्लबहरुबाट ए डिभिजनका खोलाडीहरुको सहभागिता रहेको सो प्रतियोगितमा बसन्तपुर युनाइटेड क्लबबाट स्थानीयसंगै विदेशी खेलाडीहरु समेत खेलेका थिए ।

SwadeshPost