माडी आयुर्वेद औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठको सरुवा

156
SwadeshPost

माडीको बरुवास्थित माडी आयुर्वेद औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । उहाँको, गृहजिल्ला रसुवाकै शुभ कालीका गाउँपालिकास्थित भोर्ले आयुर्वेद औषधालयमा सुरुवा भएको हो ।

माडी आयुर्वेद औषधालयमा गत २०७३ कार्तिक २ गतेबाट जिम्मेवारी सम्हाल्दै सरकारी सेवा सुरुवात गर्नुभएका डा. श्रेष्ठको करीब ३ बर्षे कार्यकालमा औषधालयको सेवा प्रवाह बढेको थियो । उहाँको कार्यकालमा औषधालयले स्नेहन स्वदेन कार्यक्रम सञ्चालन, माडी-४ मा गाउँघर क्लिनिक, माडीका ७ वटै वडाहरुमा स्नेहन स्वेदन तालिम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, ज्येष्ठ नागरिक र स्तनपायी आमाहरुलाई औषधी वितरण लगायतका कार्यक्रमहरु चलेका थिए ।

यसैबिच, माडी नगरपालिकामा एक कार्यक्रमबिच डा. श्रेष्ठको बिदाई गरिएको छ । बिदाई कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र औषधालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost