माडीमा चल्ने यात्रुबाहक बसले बिरामीको अक्सिजन सिलिण्डर बोक्न मानेन

220
SwadeshPost

नारायणगढ माडी ठोरी रुटमा चल्ने एक यात्रुबाहक बसले बिरामीको अक्सिजन सिलिण्डर बोक्न अस्वीकार गरेको छ । ना.५ख. ६१५२ नम्बरको सार्वजनिक बसका सह-चालकले खाली अवस्थामा रहेको अक्सिजन सिलिण्डर लैजान अस्वीकार गर्दै उल्टै यात्रुलाई धम्क्याएका हुन् ।

माडी नगरपालिका-५, राधापुर निवासी युवा मिलन न्यौपानेले आफ्ना बिरामी हजुरआमाले श्वास-प्रश्वासका लागि उपयोग गर्ने अक्सिजन सिलिण्डर भराउन भरतपुर लैजान बसन्तपुर ल्याउनुभएको थियो । बसन्तपुरमा सो सार्वजनिक गाडीमा आफूसंगै सो सिलिण्डर चढाउन खोज्दा सहचालकले अभद्र व्यवहार गरेको उहाँले जनाउनुभयो । आफूले पटक पटक आग्रह गर्दा तथा सिलिण्डर भराउनु मेडिकल इमरजेन्सीको काम रहेको जनाउँदा समेत सहचालक नमानेको उहाँले दुखेसो गर्नुभयो ।

यस घटनाबारे सम्बन्धित यातायात व्यवसायी संघमा स्वदेशले कुराकानी गर्दा संघका पदाधिकारीले भने बिरामीको स्वास्थ्यसंग सरोकार राख्ने साधन प्राथमिकतासाथ ओसार पोसार गर्ने संघको नीति रहेको जनाए । यो घटना सार्वजनिक भएसंगै संघमा आवद्ध सम्पूर्ण यातायातकर्मीहरुलाई तुरुन्तै यसबारे निर्देशन दिइने उनको भनाई थियो ।

SwadeshPost