चितवन प्रहरीद्वारा नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ

298
SwadeshPost

सरकारी प्रतिबन्धमा रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीले चन्दलाई चितवन मेडिकल कलेज भरतपुरबाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा अस्पताल परिसर तनावग्रस्त भएको थियो भने प्रहरीले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई लाठी प्रहार समेत गरेको थियो । चन्दसंगै अन्य केहि विद्यार्थीहरुलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ ।

पक्राउ गरिनुभएका चन्दको अगुवाईमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि आन्दोलनरत छन् । कलेजले विद्यार्थीहरुबाट मनलाग्दी रकम असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुको लागि ४२ लाख ५० हजार रूपैयाँ शुल्क तोकिएको भए पनि चितवन मेडिकल कलेजले व्यक्ति हेरी ६५ लाख रूपैयाँसम्म शुल्क लिएको आन्दोलनरत विद्यार्थीहरुको दाबी छ ।

SwadeshPost