डेङ्गुको प्रकोप नियन्त्रणका लागि माडीभर सर्च एण्ड डिस्ट्रोए अपरेशन सुरू

124
SwadeshPost

डेङ्गु रोगको प्रकोप फैलिरहँदा आजदेखि माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ सुरु भएको छ ।

अभियानका क्रममा आज माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियानबारे चेतनामूलक कार्यक्रम गरिएको छ । सचेचता कार्यक्रम सकिएलगत्तै माडी नगरपालिका वडा नं. ७ को गौरीनगर र गोपालनगर क्षेत्रमा सरसफाई गरिएको छ भने प्रगति टोल सुधार समिति कीर्तनपुरले भोलि शनिवार बिहान ७ बजे कीर्तनपुर बजार सरसफाई कार्यक्रम सञ्चालन गर्न लागेको छ । त्यसैगरी माडी नगरपालिका वडा नं. ८ र ९ मा पनि भोलि बिहानबाटै सरसफाई तथा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चलाइने माडी नगरपालिकाका सुचना अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

अभियानका क्रममा अब भोली भदौ २८ गते शनिवार वडा नं. १, २ र ४ मा तथा २९ गते आइतबार वडा नं. ३, ६ र ५ मा अभियान चलाइने माडी नगरपालिकाले जनाएको छ । अभियानका क्रममा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियानसंगै डेङ्गु रोगबारे चेतनामूलक कार्यक्रम र पम्पप्लेट वितरण तथा सरसफाई समेत गरिने कार्यक्रम रहेको छ ।

SwadeshPost