जिल्ला लीग फुटबलमा बसन्तपुर युनाइटेडले गीतानगर ब्वाइजसंग अंक बाँड्यो

278
SwadeshPost

जिल्ला लीग फुटबल प्रतियोगितामा सहभागिता जनाएको माडीको बसन्तपुर युनाइटेड क्लबले गीतानगर ब्वाइजसंग अंक बाँडेको छ । सौराहामा जारी सो प्रतियोगिताको समूह चरणको खेलमा बसन्तपुर युनाइटेड क्लब र गीतानगर ब्वाइजले निर्धारित समयमा २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन ।

उता, धनुषामा जारी २ नम्बर प्रदेशको प्रतिष्ठित वीरेन्द्र बजार गोल्ड कपको सेमीफाइनलमा बसन्तपुर युनाइटेड क्लबले आयोजक चारनाथ युवा क्लबसंग २-० को पराजय व्यहोर्नु परेको छ । खेल अवधीभर बसन्तपुरले थुप्रैपटक गोलको अवसर सिर्जना गरेपनि सफल हुन भने सकेन । खेलको दौरानमा जनकपुरका स्थानीय दर्शकहरुले बसन्तपुरको समर्थनमा हुटिङ गर्नुका साथै खेल मैदानभित्रै प्रवेश गरी रेफ्रिको भूमिकाप्रति असन्तुष्टी जनाएका थिए ।

SwadeshPost