माडीको देउता खोलामा बाढी, ७० बर्षीया बृद्धा सोमी बोटलाई बगायो

244
SwadeshPost

माडीको पाण्डवनगरस्थित देउता खोलामा बाढी आउँदा एक स्थानीय बृद्धालाई बगाएको छ । साँझपख बर्षा हुँदा बाढीग्रस्त भएको देउता खोलाले माडी नगरपालिका-१ निवासी अन्दाजी ७० बर्षीया सोमी बोटलाई बगाएको हो । बाढीले बगाएकी बोटको अवस्था हालसम्म अज्ञात रहेको छ । उहाँको खोजी भइरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बसन्तपुरको टोली पुगेको छ भने स्थानीयबासीहरु समेत खोजीमा जुटेका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

SwadeshPost