अन्तर विद्यालय हाजिरी जवाफमा दक्षिण कालीका विद्यालयको टोली पहिलो

554
SwadeshPost

५५ औं राष्ट्रिय बालदिवसको अवसरमा माडीको दक्षिण अयोध्यापुरीमा सञ्चालित अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा दक्षिण कालीका आधारभूत विद्यालय देबेन्द्रपुरको टोली पहिलो भएको छ ।

प्रतियोगितामा आयोजक समेत रहेको दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयको टोली दोश्रो र गणेश आधारभूत विद्यालय गणेशकुञ्जको समूह तेश्रो स्थान हासिल गरेको छ भने आधारभूत विद्यालय जगन्नाथपुरीले चौथो (सान्त्वना) स्थान प्राप्त गर्न सफल भएको थियो । प्रतियोगितामा साविक अयोध्यापुरी क्षेत्रका ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

सामरी उत्थान सेवाको सहयोगमा दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयले आधारभूत तहस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य आइतसिंह तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र वडाध्यक्ष कृष्णराज अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगिता सकिएलगत्तै डेङ्गु रोगबारे सचेतनामूलक कार्यक्रम समेत गरिएको थियो ।

SwadeshPost