भरतपुरमा भएको सवारी दुर्घटनामा माडी सितलपुरकी युवतीको दुखद मृत्यु

284
SwadeshPost

भरतपुरमा भएको सवारी दुर्घटनामा माडी सितलपुरकी एक युवतीको दुखद मृत्यु भएको छ । भरतपुर महानगरपालिकावडा नं. १ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज भएको सवारी दुर्घटनामा परी माडी नगरपालिका-४ सितलपुर निवासी २२ वर्षीया निशा नेपालीको निधन भएको हो ।

रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना. १ ज. ५२९९ नम्बरको म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँदा उहाँको मृत्यु भएको हो । म्याजिक पल्टिँदा त्यसमा सवार चार घाइते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनामा परी घाइते भएका अन्य तीनजना भने सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

SwadeshPost