ई.प्र.का. माडीको कार्यालय प्रमुखमा प्रहरी निरीक्षक हर्क बहादुर बि.क.

326
SwadeshPost

ईलाका प्रहरी कार्यालय माडीको नयाँ कार्यालय प्रमुखका रुपमा प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले जिम्मेवारी सम्हाल्नु भएको छ । प्रहरी निरीक्षक वि.क.ले आज असोज १ गतेदेखि माडी प्रहरी प्रमुखको कार्यभार सम्हाल्नुभएको हो ।

यसअघि महानगरीय प्रहरी बृत्त कमलपोखरी काठमाडौंमा कार्यरत रहनुभएका बि.क. सरुवा भई ईलाका प्रहरी कार्यालय माडीमा खटिनुभएको हो । माडी प्रहरीको जिम्मेवारी गर्ने सन्दर्भमा आज उहाँले माडीका जनप्रतिनिधीहरूसंगै सामाजिक, राजनैतिक अगुवा तथा सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधीहरुसंग अन्तरक्रियात्मक छलफल गर्नुभएको छ ।

माडी प्रहरीको यसअघिको नेतृत्वमा रहनुभएका प्रहरी निरीक्षक युवराज तिमिल्सिना भने सरुवा भई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा खटिनुभएको छ । उहाँले करीब डेढ बर्ष ईलाका प्रहरी कार्यालय माडी र यस अन्तरगतका प्रहरी चौकीहरुको नेतृत्व गर्नुभएको थियो । उहाँको सरुवापश्चात ईलाका प्रहरी कार्यालय माडीको निमित्त प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्नुभएका प्रहरी नायव निरीक्षक उमेश कोइरालाको समेत सरुवा भई रमाना भइसकेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost