जितियाको अवसरमा माडीमा जितिया झम्टा विशेष कार्यक्रम सम्पन्न

129
SwadeshPost

थारु समुदायको महान पर्व जितियाको अवसरमा आज माडीको बरुवा बजारमा जितिया झम्टा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना तथा स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सह-आयोजनामा बिहान ११ बजेदेखि जितिया झम्टा विशेष सञ्चालन भएको हो । कार्यक्रममा माडीका विभिन्न थारु गाउँका महिला समूहहरुले कालो ब्लाउज र सेतो साडीमाथि परम्परागत थारु गहनाहरुमा सजिएका जितियाका भाका हाल्दै झम्टा प्रस्तुत गरेका थिए ।

थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडीका अध्यक्ष भीमप्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य रहेका थियो । कार्यक्रममा थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरी, नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समिति माडीका अध्यक्ष रामेश्वर महतो, थारु अगुवाहरु शिव नारायण गुरौ र कृष्ण चौधरीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा माडीका विभिन्न संघसंस्था, सुरक्षा निकाय, शैक्षिक केन्द्र लगायतका प्रमुख र प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।

थारु कल्याणकारिणी सभाले क्रम हरेक बर्ष थारु जातीको आकर्षण र पहिचानका रुपमा रहेको जितिया झम्टा प्रदर्शनी कार्य सञ्चालन गर्दै आएको छ । थारुसंगै मैथिली र मधेशी समुदायले समेत हर्षोल्लासपूर्वक मनाउँदै आएको जितिया पर्वका बिधीहरु आश्विक कृष्ण सप्तमी अर्थात भोलिबाट सुरुवात हुन लागेको हो ।

SwadeshPost