संविधान दिवसका अवसरमा कतै दीप बालियो त कतै संबिधान जलाइयो

128
SwadeshPost

संघीय गणतन्त्र नेपालको संविधान जारी भइ पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । यस क्रममा चितवनसंगै माडी नगर क्षेत्रमा समेत दीप प्रज्वलन गरिएको हो ।

माडी नगर क्षेत्रमा माडी नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु, माडी क्याम्पस लगायत शैक्षिक संस्थाहरु र अन्य सरकारी कार्यालयहरुमा साँझपख दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, ब्यापारी, बुद्धिजीवी, समाजसेवी लगायत नगरबासीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडीले माडीको बरुवा बजारमा संबिधान जलाएको छ । संबिधानका केही धारा उपधाराहरु संशोधनको माग गर्दै थारु कल्याणकारी सभाको केन्द्रीय सर्कुलर अनुसार संबिधान जलाएको हो । जितिया विशेष झम्टा कार्यक्रम समापन भएपश्चात सो कार्यक्रम गरिएको जनाइएको छ । थाकस चितवनले चितवन जिल्लालाई प्रदेश नं. ३ मा राखिनुलाई पनि बिरोध गरेको छ ।

SwadeshPost