रिसोर्ट र फलफूल खेतीका लागि राधापुर चौरको झाडी हटाउन सुरु

380
SwadeshPost

माडीको राधापुर र रमाइलोडाँडा क्षेत्रमा सुरुवात गर्न लागेको भएको छ ।

हाल घाँसे मैदान र सिसौघारी रहेको सो चौर सफा गर्न माडी नगरपालिकाले प्रतिव्यक्ति दैनिक रु ७३०।- तिर्नेगरी ३० जना कामदार खटाएको छ । माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेलको समन्वयमा जारी सो कार्यको रेखदेख र अनुगमन, उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर क्षेत्रीले गर्नुहुनेछ । सम्झौता अनुसार चौर सफा गर्ने दायित्व माडी नगरपालिकाले लिएको हो ।

गैरआवासिय नेपालीहरुको संस्था एन.आर.एन. एण्ड पार्टनर्स र आइडिया फर नेपालले माडी नगरपालिकासंग सम्झौता गरी व्यवसायिक रिसोर्ट सहित फलफूल खेती, पशुपालन र माछापालन परियोजना सञ्चालन गर्न लागेको हो । यसका लागि लगानीकर्ता पक्ष र माडी नगरपालिकाबिच मगोई नदी किनारको करीब ४० बिगाहामा फैलिएको लामो चौर ४९ बर्षका लागि लिजमा लिने सम्झौता भएको थियो । माडीको पर्यटन प्रवर्द्धन तथा स्थानीयबासीहरुको आयआर्जनमा सघाउन सो परियोजना सहयोगी हुने माडी नगरपालिकाको विश्वास छ ।

SwadeshPost