निकुञ्जको सुबिधा प्राप्त बाटोमा झाडी बढ्दा जंगली जनावरको त्रास

234
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटो वरपर अत्यधिक रुपमा बुट्यान र झाडी बढेको छ । बाटोको दुबैतर्फ झाडी बढ्दा सडक साँघुरिएको छ भने जुनसुकै समयमा जंगली जनावरको आक्रमण हुनसक्ने त्रास बढेको छ ।

बर्षायाम लागेसंगै झाडी र बुट्यानहरु बढन थालेकोमा हाल बर्षायाम सकिन लागिसक्दा झाडी बढेर दुबैतर्फबाट बाटो ढाकिएको छ । झाडीमा लुकेर बस्ने बँदेल, गैंडा, हरिण, हात्ती, अजिंगर लगायतका जनावरहरु अचानक बाटोमा निक्लँदा यात्रारत व्यक्ति तथा सवारीसंग दुर्घटना वा हताहती नै हुनसक्ने अवस्था रहेको हो ।

विगतका बर्षहरुमा माडीका मध्यवर्ती उपभोक्ता समितिहरुको पहलमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बनकट्टादेखि कसराघाटसम्म तथा बगहीँदेखि अमुवा पोष्टसम्म झाडी र बुट्यान फाँड्ने अभ्यास रहेको थियो । तर यसबर्ष दशैंतिहारजस्ता चाडबाड नजिकै आइसक्दा पनि झाडी हटाउनतिर सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन ।

SwadeshPost