भुसालको शालिक अनावरणको सन्दर्भमा बाटिका परिसर सरसफाई

282
SwadeshPost

दिवंगत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको स्मृतिमा प्रकाशन हुन लागेको दिवाकर स्मृति ग्रन्थको लोकार्पण तथा शालिक अनावरणका लागि नेकपाका केन्द्रीय नेताहरु माडी आउने भएका छन् ।

यही असोज २४ गते परेको दिवाकर स्मृति दिवसको अवसर पारी दिवाकर स्मृति ग्रन्थको लोकार्पण एवं दिवाकर बाटिकामा दिवंगत भुसालको शालिक अनावरण गरिन लागिएको हो । सो कार्यक्रममा नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका केन्द्रीय नेताहरु सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।

यसैबिच, नेकपाका केन्द्रीय नेताहरुको सहभागितामा दिवाकर बाटिकास्थित दिवाकर भुसालको शालिक अनावरण हुन लागेको सन्दर्भमा बाटिका परिसरमा सरसफाई गरिएको छ । बाटिका निर्माण उपभोक्ता समितिको आह्वानमा बाटिका परिसर र वरपरको क्षेत्रहरु सरसफाई गरिएको हो । बसन्तपुर र नयाँपिपरियाको सीमाक्षेत्रमा रहेको दिवाकर बाटिकामा भुसालको शालिकसंगै पानीको फोहोरा, फुलबारी आदि रहेका छन् ।

करीब ३ कठ्ठामा फैलिएको दिवाकर पार्क निर्माणका लागि पर्यटन विकास कार्यालय वीरगंजबाट ६ लाख र माडी नगरपालिकाबाट ५ लाख निकासा भईसकेको छ भने जारी आर्थिक बर्षमा पर्यटन शीर्षकबाट १२ लाख रुपैंया बजेट विनियोजन गरिएको छ । माडीकै मुर्तीकार दिनेश्वर महतोको टोलीले बाटिकामा स्थापना गरिने शालिक निर्माण गरिसकेको र आउँदो १२ गते त्यसलाई बाटिकामा राखिने उपभोक्ता समितिकी अध्यक्ष शुभद्रा शर्माले जानकारी दिनुभयो ।

SwadeshPost