गोद्धकस्थित मञ्च भत्केको दुई महिना बितिसक्दा पनि मर्मत सुरु भएन

306
SwadeshPost

हावाहुरीका कारण ढलेको रुखले भत्काएको माडीको गोद्धकस्थित सार्वजनिक मञ्च दुई महिना बितिसक्दा पनि मर्मत सुरु हुन सकेको छैन ।

तात्कालीन गोद्धक पर्यटन विकास समितिको सहयोगमा स्थानीय युवाहरुले जनश्रमदान गरी करीब ५ बर्षअघि निर्माण गरेको मञ्च नजिकै रहेको साजको रुख ढल्दा क्षतीग्रस्त हुनपुगेको थियो । गोद्धक मेला लाग्ने चौर क्षेत्रमै रहेको सो मञ्च भत्किएसंगै स्थानीय युवाहरुले वडा कार्यालय र मध्यवर्ती उपभोक्ता समितिमा जानकारी गराई मर्मतका लागि आग्रह गरेपनि हालसम्म मर्मत सुरुवात हुन नसकेको जनाएका छन् ।

चौरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दा एवं बनभोजको समयमा उपयोगमा आइरहने सो मञ्च पर्यटकीय महत्वको गोद्धक क्षेत्रको महत्वपूर्ण अंगका रुपमा रहँदै आएको थियो । गोद्धक मेला लाग्दा मेलाको सचिवालय एवं कार्यालय समेत बनाइएको सो मञ्चको पुनर्निर्माणमा तत्कालै ध्यान दिन स्थानीय युवाहरुको माग छ ।

SwadeshPost