माडीका बैंकमा सिसिटिभी जडान र खुकुरी सहितको गार्ड राख्न अनिवार्य

109
SwadeshPost

माडी नगर क्षेत्रमा रहेका बैंकहरुमा सिसिटिभी जडान गर्न र खुकुरी सहितको सुरक्षा गार्ड राख्न अनिवार्य गरिएको छ । त्यसैगरी घर बहालमा लिएर सञ्चालनमा रहेका लघुबित्त बित्तीय संस्थाहरुको सुरक्षा प्रबन्धमा घरधनीको समेत जिम्मेवारी रहने भएको छ ।

माडीका वित्तिय निकायहरुको सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै ईलाका प्रहरी कार्यालय माडीले माडीमा रहेका वित्तीय संस्थाहरुलाई सो व्यवस्थाको गर्न लगाएको हो । ईलाका प्रहरी कार्यालय परिसर, बसन्तपुरमा प्रहरी प्रमुख हर्कबहादुर विश्वकर्मा र बैंक तथा लघुबित्त वित्तीय संस्था प्रमुखहरुबिच परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रमका सन्दर्भमा त्यसो गर्न लगाइएको हो ।

त्यसैगरी सुरक्षा गार्डहरुले प्रहरीको सम्पर्क नम्बर अनिवार्य राखेको हुनुपर्ने, सबै सुरक्षा गार्डहरुको नामथर र फोटो प्रहरीलाई उपलब्ध गराउनुपर्ने, बैंक वरपर बिजुल बत्ती अनिवार्य राख्नुपर्ने र सुरक्षा गार्डले मादक पदार्थ सेवन गरेको भेटिए कारवाही गरिने माडी प्रहरीले जनाएको छ ।

SwadeshPost