दिवाकर स्मृति प्राविधिक शिक्षालयमा फार्मेसी बिषय सञ्चालनको स्वीकृति

334
SwadeshPost

प्रदेश नं. ३ को नमुना प्राविधिक शिक्षालयको रुपमा सम्मानित दिवाकर स्मृति प्राविधिक शिक्षालय, माडी-६, हरिनगरमा फार्मेसी बिषय समेत अध्यापन हुने भएको छ । जारी शैक्षिक बर्षबाटै पठनपाठन सुरु हुनेगरी शिक्षालयमा ‘फार्मेसी ईन डिप्लोमा’ तहमा भर्ना खुलेको हो ।

फार्मेसी बिषय अध्ययनका लागि सिटिईभिटीको गत श्रावणामा सञ्चालित प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरुले दशैं अगावै (आगामी १५ दिनभित्र) प्रवेश परिक्षाको प्राप्तांक सहित निबेदन दिनसक्ने शिक्षालयका प्राचार्य पुष्पराज पौडेलले जानकारी दिनुभयो । यसअघि पशुबिज्ञान र सिभिल इञ्जिनियरिङ्ग बिषय सञ्चालनमा रहेको शिक्षालयले तेश्रो संकायका रुपमा फार्मेसी बिषय सञ्चालनको स्वीकृति पाएको हो ।

यसैबिच, शिक्षालयले असोज ९ गते दशैं, तिहार, नेपाल सम्बत, छठ र इदको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमको सन्दर्भमा लैङ्गिक समता तथा सामाजिक समावेशीकरण तालिमको उद्घाटन समेत गरिने शिक्षालयले जनाएको छ ।

SwadeshPost