जनजीवन माध्यमिक विद्यालय माडीकै पहिलो नमुना विद्यालय घोषित

466
SwadeshPost

माडी न.पा. – ८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालय माडीकै पहिलो नमुना विद्यालय घोषित हुने भएको छ ।

प्रदेशभरका २० वटा माध्यमिक विद्यालयहरुलाई नमुना घोषित गर्न प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयमा सिफारिस भएकोमा जनजीवन माध्यमिक विद्यालय समेत सिफारिस सुचीमा परेको हो । न्यूनतम मापदण्ड पुरा गरी उच्चतम् अंक हासिल गरेको आधारमा नमुना घोषित हुन सिफारिस भएका चितवनका अन्य दुई विद्यालयहरुमा पूर्वी चितवनका वीरेन्द्र आवासीय मा.वि. र भीमोदय मा.वि. पनि रहेका छन् ।

विद्यालयलाई नमुना घोषित गर्न त्यसको नतिजा, विद्यार्थीको उपस्थिति, पूर्वाधार विकास, विद्यालय व्यवस्थापन समितिको गतिविधि, प्रशासनिक सुव्यवस्था लगायतका पक्षहरूको मूल्यांकन हुने प्रावधान रहेको छ ।

SwadeshPost