देशकै चर्चित मुर्तीकारहरुको सहभागितामा सोमेश्वरमा मुर्तीकला क्याम्प

937
SwadeshPost

पुनः एकपटक माडी नगर क्षेत्र कलाकारमय हुने भएको छ । नेपालकै चर्चित ३० जना मुर्तीकारहरु लगातार १८ दिनसम्म माडीको सोमेश्वर क्षेत्रमा मुर्ती बनाउँदै बस्ने भएसंगै माडी क्षेत्र कलाकारमय हुने भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको संयुक्त आयोजनामा आउँदो कार्तिक १६ गतेदेखि लगातार १८ दिनसम्म मुर्तीकारहरुले माडी र सोमेश्वर क्षेत्रको विशेषतायुक्त मुर्तीहरु बनाउँदै सोमेश्वर वन क्षेत्रमा बिताउने छन् । अस्थायी शिविर खडा गरी जंगल क्षेत्रमै आवासीय रुपमा बस्ने मुर्तीकारहरुले गरेको प्रस्तर मुर्तीजन्य सिर्जनाहरु माडीको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण श्रोत बन्ने विश्वास गरिएको छ । यसका लागि माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)बिच सम्झौता हुन लागेको नाफा श्रोतले जानकारी दिएको छ ।

SwadeshPost