माडी प्रहरी प्रमुख हर्क बहादुर वि.क.लाई सुनचाँदी व्यवसायीको सम्मान

281
SwadeshPost

नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाले ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मालाई स्वागत सहित सम्मान गरेको छ ।

पछिल्ला दिनहरुरुमा प्रहरीको सक्रियता र काम कारवाहीको प्रशंसा गर्दै शाखाले प्रहरी निरीक्षक बि.क.लाई स्वागत एवं सम्मान गरेको शाखाका अध्यक्ष कृष्ण गोतामेले जानकारी दिनुभयो । हालै माडी प्रहरीको जिम्मेवारी सम्हाल्नुभएका बि.क.ले समुदाय र प्रहरीको निकटतालाई उच्च तहमा लैजानुभएकोले उहाँलाई सम्मान गरिएको अध्यक्ष गोतामेको भनाई छ ।

यसैबिच, समुदाय प्रहरी साझेदारी अन्तरगत ईलाका प्रहरी कार्यालयले माडीका विभिन्न ठाउँहरुमा अन्तरक्रियात्मक कार्यक्रम जारी राखेको छ । शुक्रबार ई.प्र.का.ले दिवाकर स्मृति प्राविधिक शिक्षालय, हरिनगर र माडी नगरपालिका वडा नं. ५ वडा कार्यालयमा अन्तरक्रिया गरेको थियो । दशैंतिहार जस्ता चाडपर्वको समयमा शान्ति सुव्यवस्था कायम राख्न र समाजमा हुनसक्ने शंकास्पद एवं आपराधिक गतिविधी रोक्न यसप्रकारका कार्यक्रम सञ्चालन जारी राखिएको प्रहरी निरीक्षक बि.क.को भनाई छ ।

SwadeshPost