साइड नेपाल बसन्तपुरद्वारा दशैं तिहार कप फुटबल प्रतियोगिता आयोजित

405
SwadeshPost

दशैं र तिहार पर्वको अवसर पारी साइड नेपाल बसन्तपुरले सञ्चालन गर्दै आएको दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

यसबर्ष दशैं लगत्तै असोज २९ गते सुरुवात भई तिहारको पहिलो दिन अर्थात कार्तिक ९ गतेसम्म बसन्तपुर बजारको खुल्ला चौरमा फुटबल प्रतियोगिता सञ्चालन गरिने साइड नेपाल प्रवद्धित क्लबका खेल संयोजक रामु क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार नगद क्रमशः रु १ लाख १ हजार १११ र ५१ हजार १११ का साथ शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी प्रतियोगिताका सर्बाधिक गोलकता र अनुशासित टिमसंगै बिधागत उत्कृष्ट अन्तरगत डिफेन्स, मिडफल्डर, स्ट्राइकर, गोलकिपर र टिम कोचलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost