सोमेश्वर गढीमा पहिलोपटक बडादशैंको समयमा नवदूर्गा पूजा गरिने

223
SwadeshPost

नेपाल भारत सीमावर्ती क्षेत्रस्थित सोमेश्वर गढीस्थित कालीका मन्दिरमा पहिलोपटक नवदूर्गा पूजा सञ्चालन हुने भएको छ । घटस्थापनाको अवसर पारी भोलि असोज १२ गते दिउँसो घटस्थापना गरिने र त्यसपश्चात पूजा सञ्चालन सुरु हुने जनाइएको छ ।

सोमेश्वरमा नवदुर्गा पूजा व्यवस्थापनको जिम्मेवारी भने गत बर्ष रामनवमी पर्वमा सोमेश्वर गढीमा मेला सञ्चालन गरेको पूजा व्यवस्थापन समितिले नै उठाएको हो । यस बर्षबाट सोमेश्वरमा बडादशैंको अवसरमा समेत पुजा सञ्चालन हुने भएसंगै दशैंको समयमा पनि सोमेश्वर क्षेत्रमा दर्शनार्थीहरुको भीड लाग्ने अध्यक्ष पिताम्बर पोखरेलको विश्वास छ ।

यसैबिच, सोमेश्वर क्षेत्रमा पूजा हुने भएसंगै सो क्षेत्र सरसफाई गरिएको छ । सिप नेपाल, सोमेश्वरगढी पुजा व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडाका पदाधिकारी एवं सदस्यहरु गरी करीब १५ जनाको सहभागितामा सोमेश्वर गढी क्षेत्र सरसफाई गरिएको हो ।

SwadeshPost