जंगली हात्तीको आक्रमणबाट माडीको द्रौपतिनगमा एक बृद्धाको मृत्यु

224
SwadeshPost

जंगली हात्तीको आक्रमणमा परी माडीको द्रौपतिनगमा एकजना बृद्धाको मृत्यु भएको छ । माडी न.पा.–१, द्रौपतिनगर निवासी अन्दाजी बर्ष ६२ की बृद्धा पञ्चमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

घरमा बाँधिराखेको गाईको बाच्छा फुत्किँदा त्यसलाई समाउन घरबाहिर निक्लिदाँ नजिकैको झाडीमा लुकेर बसेको हात्तीले आक्रमण गरेको थियो । हात्तीले आक्रमण गरेको थाहा पाएसंगै गाउँलेहरुले होहल्ला गर्दै हात्ती धपाउने प्रयास गरेपनि तामाङको ज्यान जोगाउन समर्थ भएनन् । घटना भएसंगै सो हात्ती गाउँबाट १०० मिटर टाढा निकुञ्ज छेउमा पुगेको हो । तामाङको शव घरअगाडि नै छ भने गाउँ शोकमग्न रहेको छ ।

घटनास्थलमा वडाध्यक्ष कृष्ण पौडेल र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुसंगै प्रहरी र वडाका अगुवाहरु पुगेका छन् ।

SwadeshPost