हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु भएसंगै गाउँलेहरुमा शोक र आक्रोश

459
SwadeshPost

माडीको द्रौपतिनगरमा जंगली हात्तीको आक्रमणबाट स्थानीय बृद्धाको मृत्यु भएसंगै गाउँलेहरुमा एकैसाथ शोक र आक्रोश छाएको छ । रात सुरु नहुदै पुनः जंगली हात्तीहरु मानव बस्ती प्रवेश गरी जनधनको क्षती गर्न थालेको र त्यसलाई रोक्ने प्रयासहरु निष्प्रभावी हुँदै गएको भन्दै स्थानीयहरु चिन्तित र आक्रोशित बनेका हुन् ।

गएसाँझ करीब ९ बजे माडी न.पा.-१, द्रौपतिनगर निवासी अन्दाजी ६२ बर्षीया पञ्चमाया तामाङको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । गोठबाट फुत्किएको बाच्छा समाउन घरबाहिर निक्लँदा तामाङलाई नजिकैको झाडीमा लुकेर बसेको हात्तीले आक्रमण गरेको थियो । बस्तीको बिचमै हात्तीले तामाङलाई आक्रमण गरी गाउँबाट अन्दाजी १०० मिटरको दुरीमा छेलिएको थियो । पछि, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले खटाएका ट्याक्टरहरुले सो हात्तीलाई धपाएका थिए । निकुञ्ज छेउका विभिन्न गाउँहरुमा जंगली हात्ती प्रवेश गरी बालीनालीको क्षती गर्ने क्रम जारी रहेकोमा मानवीय हताहती नै भएसंगै पुनः स्थानीयमा शोक र आक्रोस भरिएको देखिएको छ ।

यसैबिच, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुले मृतक तामाङको परिवारलाई रु १० लाख क्षतीपूर्तीको प्रक्रिया सुरु गरिएको बताउनुभयो । यस अन्तरगत शवको पोष्टमार्टमका लागि भरतपुर लैजानुपर्ने र अर्कोतर्फ हात्ती नियन्त्रणका लागि डार्ट गरिने उहाँको भनाई थियो । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले हात्ती नियन्त्रणका लागि विगत एक सातादेखि ३ वटा टेक्टर परिचालन जारी राखेको समेत उहाँले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
SwadeshPost