माडीको बसन्तपुरमा नवदूर्गा भवानीको पूजा विशेष कार्यक्रम सुरु

249
SwadeshPost

माडीको बसन्तपुरस्थित नयाँ मञ्चमा नवदूर्गा भवानीको पूजा विशेष कार्यक्रम सुरु भएको छ । घटस्थापनाको अवसर पारी आजदेखि भजनकीर्तन सहितको पूजा अर्चना सुरुवात भएको हो ।

माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले प्रमुख आतिथिका रुपमा मुर्तीको अनावरण गरी पूजा सुरुवात गर्नुभएको हो । पूजा आउँदो नवमीको दिनसम्म जारी रहने पुजा आयोजक समितिका प्रचार प्रसार संयोजक सरोज लामिछानेले जनाउनुभयो ।

पूजा सञ्चालन र व्यवस्थापनका लागि बसन्तपुरका सामाजिक अगुवा कमल रामदामको अध्यक्षतामा २५ सदस्यीय मूल आयोजक समिति क्रियाशील रहेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गुरुदत्त गुरागाईं, मनोज कुमार श्रेष्ठ, खगेश्वर भुसाल र राधा बस्याल पौडेल रहनुभएको छ । सो पूजा विशेष कार्यक्रमको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost