चनौलीको ३३ केभी ब्रेकर पड्किँदा माडीको बिद्युत सेवा अवरुद्ध

725
SwadeshPost

चनौली जगतपुर माडी ३३ केभी सव-प्रसारण लाइनको ब्रेकर पड्किँदा माडी उपत्यकामा बिद्युत सेवा अवरुद्ध भएको छ । माडी उपत्यकामा बिजुली पठाउने कनेक्टिङ स्टेशनका रुपमा रहेको चनौली सवस्टेशनमा रहेको ब्रेकर जल्दा माडीमा अँध्यारो छाएको हो ।

माडीमा अत्यावश्यकीय बिजुली अवरुद्ध हुँदा विद्युत व्यवस्थापनको जिम्मेवारी पाएको चनौली वितरण केन्द्रले भने समयमै त्यसतर्फ ध्यान पु-याउन सकेको देखिएन । आज सोमबार दिउँसोपख जलेको ब्रेकरको व्यवस्था आजै गरिसक्नुपर्नेमा वितरण केन्द्रले हेटौंडाबाट मगाउनुपर्ने भन्दै भोलिमात्र पत्राचार गर्ने जनाएको छ । यसबाट विजुली सुचारु हुन छिटोमा भोलि मंगलबार साँझसम्म र ढीलोमा दुई दिनसम्म लाग्नसक्ने प्राधिकरणका कर्मचारीहरुको भनाई छ ।

यसअघि भरतपुर वितरण केन्द्रबाट व्यवस्थापन हुँदै आएको माडीको विद्युत सेवा विगत एक महिनादेखि चनौली वितरण केन्द्रको जिम्मेवारीमा परेको हो । नेपाल बिद्युत प्राधिकारणले हालै चितवनको दोश्रो वितरण केन्द्रका रुपमा सो केन्द्रको स्थापना गरेको हो ।

SwadeshPost