माडीमा धान किसानकाे विजाेग, क्षतिपूर्तिकाे माग गर्दै उजुरी

670
SwadeshPost

माडीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा विभिन्न एग्राेफार्म मार्फत लिइ किसानहरूले राेपेकाे धानकाे विजाेग भएकाे छ । केही किसानहरूले राेपेकाे हाईब्रिड धान पाक्ने समय भइसक्दा पनि धानको बाला लागेकाे छैनभने केहिकाे एउटै जातकाे धानपनि खेतमा दुई तिहाई भागमा पसाएकाे छ भने बाँकि अझै पसाएकाे छैन ।

माडी नगरपालिका वडा नं ५ का किसान टेकनारायण काफ्लेले ७ कठ्ठामा राेप्नुभएकाे वारकाे धान आधा पसाएकाे छ भने आधा अझै बाला लागेकाे छैन । त्यस्तै, यमुना चापागाँइ र लुमादेवि पाैडेलले करिब १०/१० कठ्ठा जमिनमा राेप्नुभएकाे सावित्री धान आधा भागमा पाक्न सुरू गरेकाे छ भने आधा अझै पसाएकाे छैन । त्यस्तैगरि, सरस्वती काफ्ले र विश्नुमाया चापागाईंले राधाचार ६ कठ्ठा र १५ कठ्ठामा राेप्नुभएकाेमा ९० प्रतिशत भागमा धान पाक्न सुरू गरेकाे छ भने बाँकि १० प्रतिशत भाग डढेकाे छ ।

नाम नबताउने सर्तमा एकजना किसानले भन्नुभयाे “अघिल्ला वर्षहरूमा १० कठ्ठामा २० क्विन्टल धान फलाएर आधा बिक्रि गरि ५ जनाकाे परिवार पाल्दै आएकाे थिएँ । अहिले २० पाथि समेत धान फल्न धाैधाै देखिएकाे छ अब कसरी गुजारा गर्ने हाे थाहा छैन ।” उहाँले धानकाे बीउ बिक्री गर्ने एग्रो फार्मलाई कारबाही गर्नुपर्ने र आफुजस्तै धानकाे विजाेग भएका किसानहरूलाई क्षतिपूर्तिकाे व्यवस्था गर्नुपर्ने माग गर्नुभयाे ।

प्रभावित माडीका किसानहरूले क्षतिपूर्तिका लागि सम्बन्धित वडाका वडा कार्यालयहरुमा उजुरी समेत दिन थालेका छन् । केहि कृषकहरुले लिखित उजुरी दिइसकेका छन् भने थप कृषकहरुको उजुरी आउने क्रममा रहेको बताईएकाे छ ।

SwadeshPost