जनावरबाट क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप्ने

612
SwadeshPost

निकुञ्जका जनावरहरुबाट भौतिक संरचनागत, पशुधन र बालीजन्य क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप गर्ने भएको छ । यसअघि कूल क्षतीको आधाजसो मात्रै राहत पाउँदै आएका कृषकहरु यसबाट लाभान्वित हुने भएका छन् ।

विद्यमान क्षती राहत सहयोग निर्देशिका २०६९ मा उल्लेखित जनावरहरुबाट भएको क्षतीमा मुल्यांकन भएको क्षतीको रकम रकम बराबर माडी नगरपालिकाबाट थप गरी प्रदान हुने नीतिगत सहमती बनेको निकुञ्ज श्रोतले बताएको छ । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडीका मध्यवर्ती उपभोक्ता समितिहरु र माडी नगरपालिकाका जनप्रतिनिधीहरुको संयुक्त बैठकबाट माडी क्षेत्रमा बन्यजन्तुहरुबाट हुने क्षतीहरुमा निकुञ्जले राहत रकम प्रदान गर्दा नगरपालिकाले थप्ने सहमती बनेको हो । यद्यपि यो सहमतीको कार्यान्वयनको मिति तोकिएको भने छैन ।

त्यसैगरी, जंगली जनावरहरुको बस्ती प्रवेश नियन्त्रणका लागि माडी नगरपालिकाको उत्तरपट्टी कंक्रीट वाल र दक्षिणतर्फ मेसजाली लगाउन नगरपालिका र निकुञ्जले संयुक्त रुपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौंमा माग गर्ने र माडीको विकासमा निकुञ्ज प्रशासनले यथासम्भव सहयोग गर्ने समेत सहमती भएको छ । त्यस्तै, सुबिधाप्राप्त बाटोबाट लैजान पाइने बस्तुहरुको सुची सहितको संयुक्त नागरिक कडापत्र बनकट्टा पोष्टमा राख्ने र तराई भू-परिधी कार्यक्रम माडी नगरपालिकासंग समन्वय गरी सञ्चालन हुने समेत निर्णय भएको हो ।

SwadeshPost