लक्ष्मीनिवासमा तिवारी त्रिपाठी प्रतिष्ठानद्वारा मन्दिर निर्माण शिलान्यास

369
SwadeshPost

माडीको लक्ष्मीनिवासमा तिवारी त्रिपाठी समुदायको कूल मन्दिरका रुपमा गौतम ऋषिको मन्दिर निर्माण शिलान्यास गरिएको छ ।

गौतम ऋषिलाई पूजा गर्ने गौतम गोत्रीयहरुको साझा संस्था त्रिवारी त्रिपाठी राष्ट्रिय प्रतिष्ठानले मन्दिर निर्माण थालेको हो । मन्दिर निर्माणका लागि प्रतिष्ठानका सदस्यद्वय कुल प्रसाद तिवारी दाजुभाईले संयुक्त रुपमा दान गरेको डेढ कठ्ठा जमीनमा माडी नगर क्षेत्रमा बसोबास गर्ने सबै ५३ वटै तिवारी त्रिपाठी परिवारले रकम संकलन गरी मन्दिर निर्माण गर्न लागेको हो ।

मन्दिर निर्माण कार्यको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष त्रिपुरेश्वर राज त्रिपाठी, केन्द्रीय महासचिव नारायण हरि तिवारी, सचिव नानीराम तिवारी
जिल्ला अध्यक्ष मनिराम त्रिपाठी र केन्द्रीय सदस्यद्वय सुवास तिवारी र रामकृष्ण त्रिपाठीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । कार्यक्रम प्रतिष्ठानका क्षेत्रीय अध्यक्ष ठाकुर प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

SwadeshPost