माडीका सहकारी संस्थाहरुमा सुरक्षाका लागि सिसिटिभी जडान अनिवार्य

240
SwadeshPost

पटक पटक चोरी हुनेगरेका माडीका सहकारी संस्थाहरुमा सुरक्षा व्यवस्था बढाउन सिसिटिभी जडान गर्न अनिवार्य गरिएको छ ।

ईलाका प्रहरी कार्यालय माडीले सम्पूर्ण सहकारी संस्थाहरुमा सिसिटिभी क्यामेरा जडान गर्न, सम्भव भएसम्म सुरक्षा गार्ड र नभए राती सहकारीमै सुत्ने चौकीदारको व्यवस्था मिलाउन, कम्पाउण्ड भएको घरमा मात्रै सहकारीको कार्यालय राख्न र सहकारीमा कार्यरत कर्मचारीहरुको तीनपुस्ते विवरणका साथै चालचलन सम्बन्धी पुलिस रिपोर्ट लिन लगाएको हो । माडीका सहकारी संस्था र माडीका प्रहरी प्रमुख हर्क बहादुर बि.क.बिच भैरवपुरस्थित कृषक उपकार बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको अन्तरक्रियात्मक छलफलमा सो अनुरोध गरिएको हो । छलफलमा माडीका ८ वटा सहकारी प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

SwadeshPost