अन्तर माडी दशैं कप भलिबल प्रतियोगिताको उपाधी ब्रह्मपुरी युवा क्लबलााई

340
SwadeshPost

के.के. स्पोर्टस् क्लब कीर्तनपुरद्वारा आयोजित अन्तर माडी दशैं कप भलिबल प्रतियोगिताको उपाधी ब्रह्मपुरी युवा क्लबले जितेको छ । ब्रह्मपुरीले फाइनल खेलमा कीर्तनपुर युवा क्लब ए लाई ३-० को सोझो सेटमा पराजित गरी उपाधी उचालेको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी कीर्तनपुरका सुवास सुवेदीलाई घोषित गरिएको छ ।

सेमीफाइनलमा संगम युवा क्लवलाई ब्रह्मपुरीले र देवेन्द्रपुर युवा क्लबलाई किर्तनपुरले पराजित गरी फाइनल यात्रा तय गरेका थिए । माडीभरका १० वटा टोलीको सहभागिता रहेको सो प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार क्रमशः १५ हजार र ८ हजारका साथ ट्रफी र मेडल रहेको थियो । प्रतियोगिताका विजेता र उपविजेतालाई माडी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा, कीर्तनपुर बजार व्यवस्थापन समितिका अध्यक्ष डोलनाथ आचार्य र खेल संयोजक विकास घिमिरेले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको हो ।

SwadeshPost