माडी ५ वडा परिवारद्वारा विपन्न परिवारलाई दशैं खाद्यान्न प्रदान

103
SwadeshPost

माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष र वडा सदस्यहरुले सहयोग रकम संकलन गरी वडाभित्रका एकल महिला, अपांग तथा विपन्न घरपरिवारलाई दशैं खाद्यान्न प्रदान गरेका छन् । वडा कार्यालय परिवारले वडाभरीका १५ घर परिवारलाई चामल, दाल, नुन, तेल, मसला लगायतका आधारभूत खाद्यान्न सामग्रीहरू वितरण गरेको हो ।

सबैले दशैं मनाउँदै गर्दा बिपन्नताका कारण दशैं खर्च जुटाउन गाह्रो भएका घरपरिवारलाई सहयोगस्वरुप दशैं सामग्री प्रदान गरिएको माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिनुभयो । सभ्य र सरल रुपमा दशैं मनाउन आग्रह गर्दै उहाँले सबैलाई विजयादशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना समेत प्रकट गर्नुभयो ।

SwadeshPost