आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

माडी (स्थानीय) खबर पोष्ट

आज विजया दशमी, हर्षोल्लासका साथ मान्यजनबाट टीका, जमरा थापी मनाइँदै

  • A
  • A+
  • A++

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

विज्ञापन १

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । त्यसैगरी बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

विज्ञापन २

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

विज्ञापन ३

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा लगाउने प्रचलन रहेको छ ।

विजया दशमी २०७६को यहाँहरु सबैमा शुभकामना ।

तपाईको प्रतिक्रिया