मगोई खोलामा फँसेको म्याजिक भ्यान निकालियो, गाडीको ईञ्जिनमा क्षती

122
SwadeshPost

मगोई खोलामा आएको बाढीका कारण फँसेर बग्न पुगेको म्याजिक भ्यान आज निकालिएको छ । गएसाँझ भारी बर्षा हुँदा मगोई खोलामा फँसेको म्याजिक भ्यान आज जेसिबीको सहयोगमा निकालिएको हो ।

खोलामा पानीको सतह अचानक बढेर भ्यान फँस्न पुगेको र तत्कालै निकाल्न नसक्दा बाढीका कारण गाडीको ईञ्जिन सहित अन्य भागमा क्षती पुगेको गाडीका चालकले जनाएका छन् । विजया दशमीको टीकाको दिन देशका विभिन्न ठाउँको मौसम बदली भई पानी परेको थियो । बर्षा भएसंगै माडीका खोला नदीहरुमा पानीको बहाव बढेको थियो । खोलामा बाढी आएसंगै केहि समय यातायात प्रभावित समेत भएको थियो ।

SwadeshPost