कावासोतीमा रात्रीबस बोलेरो गाडी ठोक्किँदा एकको मृत्यु, ९ जना घाइते

228
SwadeshPost

पूर्व पश्चिम राजमार्ग अन्तरगत कावासोती-१६, शहीदनगर डण्डामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७ ख. ५८१५ नम्बरको यात्रुबाहक रात्रीबस र विपरित दिशाबाट केरा बोकी आउँदै गरेको लु.२ च. ६०७० नम्बरको बोलेरो गाडी ठोक्किँदा बोलेरो चालक, नवलपरासी पश्चिम जमुनियाका बलिराम सुनारको मृत्यु भएको हो ।

राती करीब १० बजे भएको सो दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा बोलेरोमा सवार एक जना र बसमा सवार ८ जना गरी ९ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको जनाइएको छ ।

SwadeshPost