माडीको बसन्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते

93
SwadeshPost

माडी बसन्तपुरको पुल्चोक क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् ।

बघौंडाबाट बसन्तपुरतर्फ आउँदै गरेका ना.५०प. ९२८१ र ना.६३प. ७७७० नम्बरका मोटरसाइकलहरु जुध्दा एक मोटरसाइकल चालक बसन्तपुर निवासी देवी प्रसाद भुर्तेल घाइते हुनुभएको हो । उहाँको दाहिने हात र खुट्टामा चोट लागेको छ र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको माडी प्रहरीले जनाएको छ ।

SwadeshPost