माडीको भैरवपुरबाट घरेलु मदिरा नियन्त्रणको प्रहरी अभियान सुरू

316
SwadeshPost

ईलाका प्रहरी कार्यालय माडीले भैरवपुर (ढिकुन) गाउँबाट घरेलु मदिरा नियन्त्रणको अभियान थालेको छ ।

आज (मंगलबार) साँझ माडी-२ भैरवपुरस्थित एक भट्टी घरबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने ४ ड्रम कच्चा पदार्थसहित १ बोरा भेली, दर्जनौं खाली बोत्तल र ५ लिटर तयारी घरेलु् मदिरा नियन्त्रणमा लिएको हो । भट्टी सञ्चालकलाई भने वडाध्यक्ष ईश्वरी प्रसाद ढकालको जिम्मा लगाई बुधबार प्रहरी कार्यालयमा आउन निर्देशन जारी गरिएको छ ।

यसैबिच, प्रहरीले माडीको मगोई खोला नजिकैको चौरबाट गाँजा सेवन गरिरहेका ३ युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसन्तपुर र सिधुवा गाउँ निवासी १७ देखि २१ बर्ष उमेरका युवाहरु रहेका छन् । उनीहरुबाट चुरोटमा गाँजा भर्न बनाइएको सोलीसहित गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअघि, माडी नगरपालिकाको आयोजनामा चितवनका प्रहरी प्रमुख एस.पि. दानबहादुर मल्लको उपस्थितिबिच माडीको शान्ति सुरक्षा बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो । (प्रतिकात्मक फोटो)

SwadeshPost