चौथो दशैं तिहार नकआउट फुटबलको खेल तालिका सार्वजनिक

454
SwadeshPost

साइड नेपालद्वारा आयोजित चौथो दशैं तिहार नकआउट फुटबल प्रतियोगिता २०७६को खेल तालिका (ट्राइसिट) सार्वजनिक भएको छ ।

सार्वजनिक भएको तालिका अनुसार आउँदो कार्तिक १ गते दिउँसो २ बजे बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर र स्टार स्पोर्टस् क्लब बरुवाको ए टोलीबिच उद्घाटन खेल हुनेछ । त्यसैगरी कार्तिक २ गते दिउँसो १ बजे ध्रुवतारा युवा क्लब रामराज्यपुर र योङ्ग स्टार क्लब पौहारी भिँड्नेछन् भने दिउँसो ३ बजे स्टार स्पोर्टस् क्लबको बी टोली र ए.एफ.सी. अयोध्यापुरी भिँड्नेछन् । प्रतियोगिताका खेलहरु माडी माध्यमिक विद्यालयको संरक्षणमा रहेको बसन्तपुर बजारस्थित खुल्ला चौरमा सञ्चालन हुनेछन् ।

दशैं र तिहार पर्वको अवसर पारी साइड नेपाल बसन्तपुरले हरेक बर्ष अन्तर माडी फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसबर्ष प्रथम र दोश्रो पुरस्कार नगद क्रमशः रु १ लाख १ हजार १११ र ५१ हजार १११ का साथ शिल्ड मेडल र प्रमाणपत्र रहेको छ भने संगै विधागत नगद पुरस्कारहरु समेत रहेका छन् । प्रतियोगिताको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost