माडी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य

374
SwadeshPost

माडी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पनि अघिल्लो कार्यसमितिमा सचिव रहनुभएका सोमनाथ ओझा दोहोरिनुभएको छ ।

सहकारीको आज सम्पन्न १८ औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट सहकारीको उपाध्यक्षमा शिवबहादुर कार्की र कोषाध्यक्षमा जगतराज अधिकारी रहनुभएको ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिका सदस्यहरुमा विष्णु टण्डन, उमा सापकोटा, छवि लामिछाने, मान वहादुर विष्ट रहनुभएको छ ।

सहकारीका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला सहकारी संघ चितवनबाट शंकरराज भण्डारीसंगै वडाअध्यक्ष पुरन प्रसाद महतो र वालकृष्ण सापकोटा, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य लगायतको आतिथ्य रहेको थियो । मनकामना पार्टी प्यालेस, बसन्तपुरमा सम्पन्न सो कार्यक्रममा सहकारीका सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

SwadeshPost