पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको फैसला शंसोधन सहित सदर

301
SwadeshPost

पुडासैनी प्रकरणमा फैसला गर्दै उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनको फैसला शंसोधनसहित सदर गरेको छ । पत्रकार रवि लामिछाने जोडिएको आत्महत्या दुरुत्साहन सम्बन्धी सो मुद्दामा उच्च अदालतले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश सदर गरेको छ भने विदेश जान अनुमति लिनुपर्ने तथा पुडासैनी प्रकरणकै बारेमा कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु बदर गर्ने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो । उच्च अदालतको यो आदेश पछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने हुनुभएको छ । जिल्ला अदालत चितवनले लामिछाने लाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिनुभएको थियो । पत्रकार शालिकराम पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

SwadeshPost