माडीका लाभग्राहीहरुलाई कार्तिक ३ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण

274
SwadeshPost

नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण अन्तरगत माडी नगरपालिकाका लाभग्राहीहरुलाई यहि कार्तिक ३ गतेबाट वितरण सुरु हुँदैछ ।

भत्ताको रकम वितरणको जिम्मेवारी पाएको कृषि विकास बैंक माडी शाखाले एक सार्वजनिक सुचना प्रकाशित गरी सहजताका लागि भत्ता वितरण तालिका प्रकाशित गरेको छ । यसअन्तर्गत यहि कार्तिक ३ र ४ गते माडी नगरपालिका वडा नं. ३, ५ र ६ गते वडा नं. ९, ७ र ८ गते वडा नं. ८, १७ र १८ गते वडा नं. ७, १९ र २० गते वडा नं. ४, २१ र २२ गते वडा नं. ५, २४ र २५ गते वडा नं. ६, २६ र २७ गते वडा नं. २ र २८ तथा २९ गते वडा नं. १ का लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ताा वितरण हुने भएको छ ।

यस तालिका अनुरुप केहि वडाका लाभग्राहीहरुले तिहार पर्व अगावै र अन्य वडाका लाभग्राहीहरुले तिहार पर्व पछिमात्रै भत्ता रकम पाउनेछन् । नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागले वर्षेनी तीन–तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा (एकल महिला), अपांग, दलित र लोपोन्मुख समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

SwadeshPost