नेकपाद्वारा माडीका पूर्व वडाध्यक्ष जीवन महतोप्रति शोकसभा सम्पन्न

248
SwadeshPost

हृदयघातका कारण हालै निधन हुनुभएका पूर्व जनप्रतिनिधी जीवन महतोप्रति श्रद्धाञ्जली सहित उहाँको पारिवारिक निवासस्थलमा शोकसभा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगरपालिका वडा नं. ६ को आयोजना तथा पार्टीका वडा संयोजक भरत कुँवरको अध्यक्षतमा सञ्चालित शोकसभामा संघीय साँसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटी, माडीका नगर प्रमुख ठाकुर ढकाल र उपप्रमुख तारा काजी महतोसंगै नेकपाका जिल्ला र स्थानीयस्तरका नेताकार्यकर्ताहरु एवं स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

साविक कल्याणपुर गा.वि.स. वडा नं. १ का वडाध्यक्ष रहनुभएका दिवंगत महतोको उपचारका क्रममा गत असोज २३ गते बिहान ५ः३० बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो । २०१९ कार्तिक १ गते जन्मनुभएका उहाँलाई ५७ बर्षको उमेरमा गत विजया दशमीको दिन हृदयघात भएको थियो ।

पूर्व नेकपा एमालेको माडी नगर कमिटी सदस्य र पार्टी एकता पश्चात नेकपा नगर कमिटिका प्रस्तावित सदस्य रहनुभएका उहाँ २०५४ सालमा साविक कल्याणपुर गा.वि.स.को वडा १ का वडाध्यक्ष रहनुभएको थियो । स्थानीय वीरेन्द्र राष्ट्रिय आधारभूत विद्यालयका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँको परिवारमा श्रीमती, छोराबुहारी र एकजना नातिनी रहेका छन् ।

SwadeshPost